२१ मघ, काठमाडौँ । क्यामरुन अफ्रिका कप अफ नेशन्स फुटवलको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलामा घानालाई २–० हराउँदै क्यामरुन उपाधि नजिक पुगेको हो । ७२ औं मिनेटमा माइकल नाडुयले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएको खेलको अन्तिम समयतिर क्रिस्टियन प्यासागोले एक गोल थपे । बल पोजिशनमा पकड राखेपनि घानाले गोल भने गर्न सकेन । क्यामरुनले उपाधिका लागि इजिप्टसँग खेल्नेछ । इजिप्ट बुर्किनाफासोलाई टाइब्रेकरमा हराउँदै प्रतियोगितामा पुगिसकेको छ । फाइनल खेल सोमबार हुनेछ ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७३