२ कात्तिक, काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफमाथि त्यहाँको विशेष अदालतले भ्रष्टाचार आरोप तय गरेको छ । गत जुलाई महिनामा सर्वोच्च अदालतले ६७ वर्षीय नवाज शरीफसँग स्रोत नखुलेको सम्पत्ती भएको निष्कर्ष निकाल्दै पदमा रहिरन अयोग्य ठहर गरेको थियो । शरीफकी छोरी मरियम र ज्वाइँ मोहम्मद सफरमाथि पनि अदालतले भ्रष्टाचार आरोप लगाएको छ । यी तीनै जनामाथि लण्डनमा फ्ल्याट किनेको विषयमा आरोप तय भएको हो । यो आरोप आइतबार भएको सुनुवाईपछि तय गरिएको हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४