१ कात्तिक, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशका नागरिकलाई अमेरिका छिर्न रोक लगाउने गरी घोषणा गर्नुभएको एक कानुनको कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ । राष्ट्रपति ट्रम्पले इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड, उत्तर कोरिया र भेनेज्वेलाका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने एक नयाँ कानुनको गत महिना घोषणा गर्नुभएको थियो । उक्त प्रतिबन्धात्मक कानुन कार्यान्वयन नगर्न अमेरिकाको अदालतले मङ्गलबार आदेश दिएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याएको पछिल्लो यात्रा प्रतिबन्ध लागू हुनु केही अघि त्यसमाथि उक्त कानुन कार्यान्वयनमा रोक लगाइएको छ । तर अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने अदालतको उक्त आदेश कानुन विपरीत तरिकाले आएको भन्दै त्यसविरुद्ध पुनरावेदन गरिने पनि बताएको छ । कानुन मन्त्रालयले सो जानकारी मङ्गलबारै दिएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४