१८ असोज, काठमाडौँ । यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । जैविक अणुहरुको चित्र हेर्न मिल्ने प्रविधिको विकास गरेबापत यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार स्वीस वैज्ञानिक ज्याक्युस डुबोसेट, जर्मनीका जोअचिम फ्रान्क र स्कटल्याण्डका रिचार्ड हेन्डरसनलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको हो । उनीहरुले विकास गरेको क्रायो इलेक्टोन माइक्रोस्कोपी प्रविधिबाट मानव शरीरको सबैभन्दा सानो भाग अणुको अध्ययन सहज भएको छ । यो प्रविधिबाट सुक्ष्म जैविक अणुहरुको अध्ययन उच्च रिजोलुसनमार्फत ठूलो बनाएर हेर्न सकिनेछ । यसबाट एन्टीबायोटिक प्रतिरोधी जिका भाइरसको सतहमा रहेको प्रोटिनको समेत अध्ययन गर्न सकिने वैज्ञानिकले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज १७, २०७४