५ असोज, काठमाडौँ । भारतमा राजनीति विषयमा समाचार लेख्ने एकजना समाचारदाताको बुधबार हत्या भएको छ । उनको कुटेर हत्या गरिएको अधिकारीले बिहीबार जानकारी दिएका छन् । करिब दुई हप्ता अघिमात्र भारत कै अर्का एकजना उच्च दर्जाका पत्रकारको पनि गोली हानी हत्या गरिएको बताइएको थियो । सानतानु भौमिकले भारतीय एक दुर्गम राज्य त्रिपुराको प्रान्तीय राजधानी आगार्तालाको बाहिरी इलाकामा दुई राजनीतिक पार्टीका परस्पर विरोधीबीच जारी रहेको द्वन्द्वको बुधबार समाचार सङ्कलन गरेका थिए । सोही क्रममा उनको क्ुटेर हत्या गरिएको थियो । समाचार सङ्कलनको क्रममा गएका उनलाई उक्त विरोध कार्यक्रममा सहभागी कार्यकर्ताले कुटेर मारेका थिए । हालसम्म पत्रकार हत्याको विषयलाई लिएर कोही पनि व्यक्ति पक्राउ परेका छैनन् । तर जारी द्वन्द्वको क्रममा भने चारजनालाई पक्राउ गरिएको छ ।
प्रकाशित मिति: बुधबार, असोज ४, २०७४