४ असोज, काठमाडौँ । मेक्सिकोमा पुनः शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको पोएब्ला राज्य केन्द्रविन्दु भएर ७ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो । सेप्टेम्बरको सुरुमा मेक्सिकोको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर गएको ८ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पका कारण अहिलेसम्म एक सय तीस भन्दा बढी मानिसको ज्यान गएको सिएनएनले जनाएको छ ।

भूकम्पका कारण मोरेलोस, पोएब्ला र मेक्सिको सिटीमा बढी क्षति पुगेको छ । अहिले उद्धार तथा राहतको काम चलिरहेको छ । भूकम्पका कारण धेरै भवन भत्किएको र भत्किएका भवनमा मानिस फसेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने त्यहाँको सरकारी अधिकारीले बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४