२५ भदौ, काठमाडौँ । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा पर्ने क्वाला ए जाल जिल्लामा आइतबार एकजना तालिबान कमाण्डरसहित १२ जना तालिबान लडाकू मारिएका छन् । सेनाले क्वाला ए जाल जिल्लाको घुसी गाँउमा आइतबार विहानै कारबाही गरेको थियो, सो कारबाहीमा परी तालिबानका एकजना कुख्यात कमाण्डर मावलावी इस्माइल सहितचार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला गभर्नर अब्दुल मोमीनले बताएका छन । भिडन्तका क्रममा अरु दुई जना लडाकू घाइते भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् । घटनाका बारेमा तालिवान लडाकूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
प्रकाशित मिति: शनिबार, भदौ २४, २०७४