२१ भदौ, काठमाडौँ । दक्षिणपन्थीको कडा आलोचक भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । पत्रकार लंकेशको मंगलबार बेलुका गोली हानी हत्या भएको भारतीय प्रहरीले जनाएको छ । मंगलबार बेलुका बेंगलुरुमा रहेको घर फर्किँदै गर्दा लंकेशमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । गौरीले लंकेश पत्रिका मार्फत कम्युनल हार्मोनी फोरमलाई साथ दिँदै आएकी थिइन । मंगलबार बेलुका राज राजेश्वरीमा रहेको घरको ढोका खोल्दै गर्दा गौरीमाथि गोली प्रहार भएको एक प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २०, २०७४