१८ भदौ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको गतिबिधि चीना लागि लाजमर्दो भएको बताएका छन । उनले उत्तरको पछिल्लो परमाणु परीक्षणको निन्दा गर्दै यस्तो टिप्प्णी गरेका हुन । उत्तर कोरियाले हाइड्रोजन बमसहितको परमाणुको आइतबार सफल परीक्षण गरेपछि ट्रम्पले ट्वीट गरेर त्यसको निन्दा गरेका छन । ट्रम्पले उत्तर कोरिया दुष्ट देश रहेको र त्यो चीनका लागि ठूलो खतरा र लाजमर्दो कुरा रहेको उल्लेख गरेका छन । चीनले उत्तर कोरियालाई साथ दिँदै आएकाले पछिल्लो परमाणु परीक्षण उसका लागि ठूलो लज्जाको बनेको ट्रम्पको टिप्पणी रहेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १७, २०७४