१८ भदौ, काठमाडौँ । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धकसहित तीन सञ्चालकले राजिनामा दिएका छन । अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्मा र सञ्चालक सदस्यहरु प्रदीप नेपाल, दिनानाथ शर्मा र डा कृष्णहरि बरालले शिक्षामन्त्रीलाई राजिनामा दिएका हुन । उनीहरुको राजिनामा सामूहिक भएको बुझिएको छ । अनियमितताको आरोप लागेर विवादित बनेका शर्मालाई संरक्षण गरेको आरोप लगेका सञ्चालकहरुले सामूहिक रुपमै राजिनामा दिएका हुन ।
प्रकाशित मिति: शनिबार, भदौ १७, २०७४