१८ भदौ, काठमाडौँ । उत्तर कोरियामा भूकम्पको शक्तिशाली धक्का महशुष गरिएको छ । उत्तर कोरियाले गरेको परमाणु परीक्षणका कारण भूकम्पको धक्का महशुष भएको आशंका गरिएको छ । उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परीक्षण गरेको अमेरिका र दक्षिण कोरियाले आशंका गरेका छन् । अमेरिकी भूगर्भ विभागले भूकम्पको धक्का ६ दशमलव ३ म्याग्निच्यूडको रहेको जनाएको छ । उत्तर कोरियाले नयाँ हाइड्रोजन बम बनाएको घोषणा गरेको केही घण्टापछि नै भूकम्पको धक्का महसुस गरिएको हो ।
प्रकाशित मिति: शनिबार, भदौ १७, २०७४