१८ भदौ, काठमाडौँ । भारतको पश्चिम बंगाल सीआईडीले गोर्खा जनमुक्ति मोर्चा(गोजमो) प्रमुुख बिमल गुरुङ सहित तीनविरुद्ध खोजी सूचना जारी गरेको छ । दार्जीलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनको नेतृत्व गरिरहेका गुरुङसहितका नाममा सीआईडीले शुक्रवार उक्त सूचना जारी गरेको हो । सूचनामा गुरुङ सहित मोर्चा महासचिव रोशन गिरी र नेता प्रकाश गुरुङको पनि नाम रहेको छ । दुई महिना भन्दा लामो समय देखि दार्जीलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनबारे राज्य सरकारसँग वार्तामा बस्नेरनबस्ने बिषयमा विवाद चलिरहेका बेला प्रहरीले यस्तो सूचना निकालेको हो।
प्रकाशित मिति: शनिबार, भदौ १७, २०७४