९ भदौ, काठमाडौँ । भ्रष्टाचारको आरोप लागेकी थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङ्लक सिनावात्राले देश छाडेकी छिन । आफूमाथि लागेको भ्रष्टाचार आरोपको निर्णय आउनुपूर्व नै उनले आकस्मिक रुपमा देश छोडेकी हुन । लापरवाहीको मुद्दामा सर्वोच्च अदालतमा उपस्थित हुनुभन्दा अघि नै उनी देशबाट बाहिरिएकी छिन । उनका वकिलले भने सिनावात्रा बिरामी भएकाले अदालतमा उपस्थित हुन नसकेको बताएका छन । न्यायाधिसले उनी विरुद्धको मुद्दाको निर्णय २७ सेप्टेम्बरसम्मका लागि स्थगित गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ८, २०७४