६ भदौ, काठमाडौँ । भारतको मुस्लिम समुदायमा कायम रहेको ‘तीन तलाक’ अर्थात छोडपत्रलाई असंवैधानिक ठहर भएको छ । भारतको सर्वोच्च अदालतले मुस्लिम समुदायमा कायम रहेको ‘तीन तलाक’ अर्थात छोडपत्रलाई असंवैधानिक ठहर गरेको हो । पाँच सदस्यीय बेन्चमा तीन सदस्यले मुस्लिम समुदायमा रहेको छोडपत्रको चलनलाई असंवैधानिक मान्दै सरकारलाई कानुन बनाउन आग्रह गरेका छन् । सर्वोच्च अदालतले ‘तीन तलाक’ लाई गैरकानूनी भएको भन्दै तत्काल यसको अन्त्य हुनुपर्ने जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ५, २०७४