२९ साउन, काठमाडौँ । पाकिस्तानको क्वेटा शहरमा सेनाको एउटा गाडीमा बम आक्रमणमा कम्तिमा १५ जनाको ज्यान गएको छ । घटनामा अरु ३० जना घाइते भएका छन् । घटनामा ज्यान गुमाउनेमा ८ जना सैनिक रहेको पाकिस्तानी सेनाले जनाएको छ । घाइतेको क्वेटामा रहेको सिएमएच अस्पतालमा उपचार भइरहेको छ । बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको अति सुरक्षति स्थानमा घटना भएको बुझिएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४