२५ साउन, काठमाडौँ । उत्तर कोरियाले अमेरिकामा मिसाइल आक्रमण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाले प्रशान्त महासागरको अमेरिकी टापु गुआममा क्षेप्यास्त्र आक्रमण गर्नेबारे विचार गरिरहेको जनाएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्की लगत्तै उत्तर कोरियाले गुआममा क्षेप्यास्त्र आक्रमणबारे छलफल भइरहेको दाबी गरेको हो । गुआमा अमेरिकी सामरिक बम वर्षक विमानको भण्डारण गरिएको छ । अमेरिकाले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएपछि आफ्नो सम्प्रभुतामाथि हस्तक्षेप भएको भन्दै उत्तर कोरियाले, अमेरिकाले त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७४