काठमाडौँ । पछिल्लो २४ घण्टामा २,६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १,६६५ संक्रमणमुक्त भएका छन् भने, १५ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८