२५ साउन, काठमाडौँ । अमेरिकाको टेक्सासमा एक भुटानीको हत्या भएको छ । १८ वर्षका भुटानी युवक भिम दुलालको हत्या भएको त्यहाँको प्रहरीले जनाएको छ । गएको आइतबार बिहान ३ बजे टेक्सासको टम्बल ह्युस्टनमा गोली हानी हत्या भएको हो । शनिबार बेलुका सँधै झैं ब्यायाम केन्द्रमा गएका दुलालको हत्या भएकोबारे अनुसन्धान भइरहेको खबर प्रहरीले परिवारलाई दिएको छ । ९ वर्षअघि पूर्वी झापाको गोलधाप शरणार्थी शिबिरबाट अमेरिका पुनर्वास भएका दुलाल भर्खरै उच्च माध्यमिक तह पूरा गरि विश्वविद्यालय अध्ययनको तरखरमा रहेका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७४