२५ साउन, काठमाडौँ । चीनको सिचुवान प्रान्तमा ७.० म्याग्च्यिुडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र (सिइएनसी)ले जनाएको छ । स्थानीय समय अनुसार मङ्गलबार राति ९ः१५ बजेको समयमा गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ । भूकम्पको केन्द्रबिन्दु ३३.२ डिग्री उत्तरी अक्षांश र १०३.२ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सिइएनसीले जनाएको छ । उक्त भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । भूकम्पका कारण १ लाख ३० हजार घर क्षतिग्रस्त भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७४