१८ साउन, काठमाडौँ । अफगानिस्तानको पश्चिमी शहर हेरातको एक मस्जिदमा आक्रमण हुँदा २९ जनाको ज्यान गएको छ । आक्रमणमा ६४ जना घाइते भएका छन् । जावादिया मस्जिदको प्रवेशद्वारमा बम आक्रमण भएको हो । हेरात शहरका गर्भनरले आत्मघाती आक्रमणकारी मस्जिद भित्र प्रवेश गरी नमाज पढिरहेकालाई गोली चलाएको र त्यसपछि आफैलाई विस्फोट गराएको बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७४