काठमाडौँ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई साथ नदिएर आफ्ना सांसदले पार्टी नीति र निर्णय उल्लंघन गरेको बताएको छ ।
अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर उक्त कामले पार्टीको प्रतिष्ठा र छविमा धक्का लागेको पनि उल्लेख गरेका छन् ।
सांसदको काम पार्टीको नीति, निर्णय र अनुशासनविरुद्ध भएकाले त्यसको छानविन र अनुसन्धान गरी आवश्यक कारवाही गर्ने उनले जानकारी दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८