काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले वैशाख २५ गते शनिवार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनेपछि वैशाख २७ संसद् अधिवेशन बोलाइएको छ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने प्रस्ट पारिसकेको काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी पनि गरेको छ।
यसबारे छलफल गरी रणनीति तय गर्न संसदीय दलको बैठक वानेश्वरस्थित ल्होत्से हलमा राखिएको छ। संसदमा काँग्रेसका ६१ सांसद छन्।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८