पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ ।
मंगलबार एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएपछि पीसीआर परीक्षण गराएका गुरुङलाई संक्रमण पुष्टि भएको हो ।
उनको अहिले अवस्था सामान्य रहेको छ । मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा नै बसेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८