काठमाडौँ। गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेकी छन् । सोमबार राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखमा नियुक्त गरेकी उनले बुधवार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।
सोमबार नै उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा पौडेलसँगै सुदूरपश्चिमको प्रदेश प्रमुखमा गङ्गाप्रसाद यादवलाई नियुक्त गरेकी थिइन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८