काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा बुझाउने भएको छ। आज १२ बजे सचिवालयमा गएर समर्थनको पत्र दर्ता गर्न लागिएको एक नेताले जानकारी दिए ।
मङ्गलवार बसेको स्थायी कमिटी सदस्यहरूको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रका प्रतिनिधिसभामा ५० सदस्य छन् ।
सरकारले वैशाख २७ गते संसद् अधिवेशन बोलाई विश्वासको मत लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते संसद् अधिवेशन आह्वान गरेकी हुन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८