काठमाडौँ । कोरोना सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न थप कडाइ गर्दै उपत्यकास्थित प्रमुख जिल्ला अधिकारीहरूको बैठकले हिँडडुलमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।
भर्खरै मात्र सम्पन्न काठमाडौँ, भक्तपुर र ललितपुरका सिडियोहरुको संयुक्त बैठकले भोलि बिहीबार राती १२ बजेदेखि २९ गते राती १२ बजेसम्म अत्यावश्यक अवस्थामावाहेक हिँडडुलमा रोक लगाउने निर्णय गरेको हो । यसबारे औपचारिक निर्णय केही बेरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
त्यसै गरी भोलि रातीदेखि नै सबैखाले पास खारेज गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका सूचना अधिकारी ललित कुमार बस्नेतका अनुसार अति आवश्यक अवस्थामावाहेक नयाँ पास दिइनेछैन ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८