१६ साउन, काठमाडौँ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा उत्तर कोरियाको मिसाइल परीक्षणको विषयलाई लिएर हुने छलफलको कुनै महत्व नरहेको अमेरिकाले दाबी गरेको छ । अमेरिकाले उत्तर कोरियाको मिसाइल परीक्षण रोक्न वा उसमाथि प्रतिबन्ध लगाउने विषयमा सुरक्षा परिषद बैठकले केही गर्न नसक्ने जनाएको छ । सुरक्षा परिषदको बैठकले अन्तर्राष्ट्रिय समुदाय उत्तर कोरियालाई चेतावनी दिन वा उसको प्रतिवाद गर्न अनइच्छुक रहेको सन्देश दिने गरेको संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले बताए । उत्तर कोरियाले पछिल्लो पटक शुक्रबार अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आफ्नो देश अमेरिकाका कुनै पनि मुख्य स्थानमा आक्रमण गर्न सक्ने स्तरमा पुगेको दाबी गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७४