काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बोलाइएको हो ।
बैठकमा दोस्रो लहरको कोरोना महामारीको विषयलाई पहिलो प्राथमिकता राखी छलफल गरिने एक नेताले जानकारी दिएका छन् ।यसै गरी बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमासमेत छलफल हुने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलले विश्वासको मत लिने निर्णय गरेपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते संसद् अधिवेशन आह्वान गरेकी छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८