काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा १००० शैयाको अस्थायी कोभिड अस्पताल बनाउन नेपाली सेनालाई निर्देशन दिएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले जनताको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिट्री अस्पतालसहित काठमाडौँ उपत्यका धेरै शैया भएका ठूला सरकारी र निजी अस्पताल कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने समेत बताएका छन् ।
प्रधानमन्त्रीका अनुसार कुनै अस्पतालले शैया लुकाएको वा अक्सिजन लुकाएको थाहा पाए कडा कारबाही गरिनेछ। प्रधानमन्त्रीले सबै अस्पतालमा अक्सिजनको स्टक राखिने र यसमा कालोबजारी गर्ने वा लुकाउनेलाई कडा कारबाही गरिने समेत बताए।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८