काठमाडौँ। प्रमुख विपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि काँग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ ।
बैठकमा १४औँ महाधिवेशनको तयारीबारे पनि छलफल हुने छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८