काठमाडौँ । सरकारले बढ्दो कोरोना सङ्क्रमण रोकथामका लागि सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।
आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।
कोभिड सङ्क्रमण रोकथाम निर्देशक समिति९सिसिएमसी०ले यसअघि नै आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।
ती मन्त्रीका अनुसार मन्त्रिपरिषद्ले भारतसँगका उडान पनि सोमबार रातिदेखि बन्द गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८