काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा २,७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ७,२११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने २७ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८