काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि वीर अस्पतालमा भर्ना भएका छन् ।
भट्टराईले आफू केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहने भन्दै कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न सफल रहूँ भन्ने कामना समेत गरेका छन्।
‘पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि वीर अस्पताल भर्ना भएको छु,’ भट्टराईले ट्वीटमा भनेका छन्, ‘दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको सत प्रयास र सबैको सद्भावले स्वास्थ्य लाभ हुने नै छ। केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ९कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौँ ।’
ट्युमर चाँडो फाल्नुपर्ने चिकित्सकको सुझाव अनुसार भट्टराईको भोलि वीर अस्पतालमा शल्यक्रिया हुन थालेको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८