काठमाडौँ । शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ ।
आज दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पुगेको छ ।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले टोखामाथिको जंगलमा आगलागी भएको देखेपछि स्थानीयलाई खबर गरेका थिए । त्यसपछि आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
अहिले त्यहाँ नेपाली सेनाको दमकल पुगिसकेको छ, अन्य दमकल पनि जाँदैछन् । यसअघि २९ चैतमा पनि शिवपुरी–नागर्जुन जंगलमा आगलागी भएको थियो, नियन्त्रणका लागि हेलिकोप्टरबाट पानी खसालिएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८