काठमाडौँ। बालुवाटार बैठकमा सहभागी नेकपा एमालेका तीन केन्द्रीय सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी तीन नेतामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीलाई मङ्गलवार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । केन्द्रीय सदस्यद्वय खिमलाल भट्टराई र विष्णु रिजालमा पनि सङ्क्रमण पुष्टि भएको छ । रायमाझीलाई उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ । भट्टराई र रिजाल भने होम आइसोलेसनमा छन् ।
वैशाख १० गते एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बसेको थियो । रिजाल र भट्टराईले मङ्गलवार आफूहरू सङ्क्रमित भएको खुलाएका छन् । रायमाझीलाई भने सोमवारै सङ्क्रमण पुष्टि भएको थियो
यद्यपि बैठक सकिएको दुई तीन दिनपछिमात्रै उनीहरूमा कोरोना सङ्क्रमण देखिएकाले सबै नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा नपर्ने बताइएको छ ।
रायमाझी त्यसपछिको मन्त्रिपरिषद् बैठकमा पनि सहभागी थिए । गण्डकी प्रदेश सभाका पनि तीन सांसदमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८