हेटौँडा । हेटौँडामा मास्क नलगाइ हिँड्नेलाई सय रुपैयाँ जरिवाना तोकिएको छ । दोश्रो चरणको कोरोना संक्रमण दर बढ्दै गएपछि संक्रमण नियन्त्रणका लागि हेटौँडा प्रशासनले अनिवार्य मास्क लगाउन यस्तो व्यवस्था गरेको हो ।
हेटौंडाको बुद्ध चौकमा मास्क नलगाइ हिड्नेलाई जरिवाना र जोर–बिजोर कार्यान्वयनका लागि प्रहरी टोली खटिएको छ ।
सोमबार बिहानबाट कोरोना नियन्त्रणका लागि भन्दै मास्क नलगाउनेलाई १ सय जरिवाना तिराउने गरेको प्रहरीले जनाएको छ। उनका अनुसार मास्क नलगाइ हिँड्ने निगरानीका लागि क्याम्पडाँडा, चौकीटोल, बरपार्क र थाना भर्याङ्गमा गरी ४ ठाउ टोली परिचालन गरिएको छ भने जोर–बिजोर कार्यान्वयनका लागि पाँच ठाउँमा टोली परिचालन गरिएको छ ।
सोमबार मात्रै २३ जना मास्क नलगाइ हिड्नेलाई जरिवाना गरिएको र ५५ वटा मोटरसाईकल, ७ वटा अटो, ५ वटा म्याजिक र मयुरीलाई कार्यन्वयनका लागि सम्झाएर पठाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८