१५ साउन, काठमाडौँ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक तथा कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणी शर्माको मुद्दाको सुनुवाई आज पनि हुँदैछ । शुक्रबार बहस नसकिएपछि यो मुद्दालाई हेर्दै राखिएको थियो । शर्माको मुद्दामा चाहिँ पूर्ण इजलासमा शुक्रबार सुरुवाति सुनुवाई भएको थियो । यसअघि पूर्ण इजलासमा सुनुवाई हुन लागेको भएपनि इजलासले विशेष अदालतमा दर्ता भएको मुद्दाको मिसिल मगाउने निर्णय गरेपछि सुनुवाई रोकिएको थियो । शर्माकी पत्नीले आफ्ना पतिलाई गैह्र कानूनी रुपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेकी थिइन । शर्माको मुद्दा सर्वोच्चका बरिष्ठ न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको इजजलासमा सुनुवाई हुँदैछ ।
प्रकाशित मिति: शनिबार, साउन १४, २०७४