१५ साउन, काठमाडौँ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने कि नगर्ने भन्नेबारेमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा शुक्रबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । रिट दायर गर्ने पक्षको बहस सकेर प्रतिवादीलाई फेरि जवाफी बहस गर्ने समय दिनुपर्ने भएकाले आइतबार नै फैसला आउने सम्भावना भने कम रहेको छ । मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातिएपछि निर्वाचन आयोगले फेरि मतदान गर्ने निर्णय गरेपनि यसबारेमा सर्वोच्चमा रिट परेपछि मतदान गर्ने कि नगर्ने भन्ने अझै टुंगो लाग्न सक्दा अन्योल बढेको हो ।
प्रकाशित मिति: शनिबार, साउन १४, २०७४