१५ साउन, काठमाडौँ । शाहिद खकान अब्बासी पाकिस्तानका अन्तरिम प्रधानमन्त्री चयन भएका छन । सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग नवाजले अन्तरिम प्रधानमन्त्रीका रुपमा अब्बासीको नाम सिफारिस गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । नवाज शरिफको सरकारमा पेट्रोलियममन्त्री समेत रहेका उनले अब ४५ दिनसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन । पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि नवाज सरिफले शुक्रबार मात्रै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । पाकिस्तानी संसदले प्रधानमन्त्री चयन गरेपछि अब्बासी जिम्मेवारीबाट मुक्त हनेछ । प्रधानमन्त्रीका लागि पार्टीको तर्फबाट पन्जाबका मुख्यमन्त्री रहेका शरिफका भाइ सेहबाज शरिफले प्रतिस्पर्धा गर्नेछन ।
प्रकाशित मिति: शनिबार, साउन १४, २०७४