काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई बयानका लागि बोलाएको छ।
गैर कानुनी कर फर्छ्यौट प्रकरणमा मुछिएका शर्माका आयोगले नाममा बुधवार सूचना प्रकाशित गर्दै बयानका लागि बोलाइएको हो।
कर फर्छ्यौट आयोग, २०७१ बाट कर फर्छ्यौटका लागि सम्झौता भएका विभिन्न करदाताहरूसँग लाभ लिएर राज्यलाई ठुलो आर्थिक नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोप शर्मामाथि छ । उनी विरुद्ध आयोगमा परेको उजुरीको अनुसन्धानको सिलसिलामा शर्मालाई आयोगले बोलाएको हो ।
शर्मालाई आयोगको टंगालस्थित कार्यालयको ११४ नम्बरमा सम्पर्क गर्न भनिएको छ।
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८