काठमाडौँ । बाँकेको नेपालगञ्जमा आज मध्यरातिदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले नेपालगञ्ज उपमहानगर क्षेत्रभरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विज्ञप्ति जारी गर्दै वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म अत्यावश्यकबाहेकका सबै प्रकारका सेवा निषेध गर्ने आदेश जारी भएको जानकारी दिए ।
अत्यावश्यक काम बाहेकको हिँडडुलमा समेत निषेध गरिएको विज्ञप्तिमा भनिएको छ।
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८