१३ साउन, धादिङ । उत्तरी धादिङको इलाका प्रहरी कार्यालय, दार्खामा कार्यरत सहायक प्रहरी निरीक्षक वीरबहादुर गुरुङको शव आज बिहान ६ बजे इलाका प्रहरी कार्यालयनजिकै मकैबारीमा फेला परेको छ । बिहीबार राति ११ बजे सुतेका गुरुङको लास आज बिहान मकैबारीमा फेला परेको जानकारी प्राप्त हुनआई अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा गएको र बाँकी कुरा अनुसन्धानपछि मात्र थाहा हुने प्रहरी नायब उपरीक्षक दीपेन्द्र पँजियारले बताए । धादिङबेसीबाट घटनास्थलको दूरी ३५ किमी रहेको र कच्ची बाटो भएकाले वर्षाका कारण अहिले सिधै गाडी चल्न नसकी सल्यानटारको बाटोबाट रिम्नेसम्म फोरह्विल भएको सानो गाडीमा गई त्यहाँबाट तीनघण्टा पैदल हिँड्नु पर्ने हुन्छ ।
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७४