१२ साउन, काठमाडौँ । सर्वोच्च अदालतमा आज दुई चर्चित मुद्दामा सुनुवाई हुँदैछ । आज सर्वोच्चमा तत्कालिन आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्माको मुद्दा र भरतपुर महानगरपालिकाको मुद्दामा सुनुवाई हुँदै छ । दुई मुद्दामा पटक–पटक सनुवाई भएपनि सर्वोच्च अदालतले अझै आदेश दिन सकेको छैन । भरतपुर महानगरपालिकाको मुद्दामा आज अन्तिम फैसला आउने अपेक्षा गरिएको छ ।

शर्माको मुद्दामा चाहिँ पूर्ण इजलासमा सुरुवाति सुनुवाई हुँदैछ । यसअघि पूर्ण इजलासमा सुनुवाई हुन लागेको भएपनि इजलासले विशेष अदालतमा दर्ता भएको मुद्दाको मिसिल मगाउने निर्णय गरेपछि सुनुवाई रोकिएको थियो । भरतपुर महानगरपालिकामा मतगणना चलिरहेको बेलामा माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले भरतपुरको १९ नम्बर वडामा फेरि निर्वाचन गराउने निर्णय गरेको थियो । न्यायाधीशद्धय ओमप्रकाशर मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा भरतपुर मुद्दाको सुनुवाई हुँदैछ । अघिल्लो सनुवाइमै धेरै वकिलहरूले वहस गरिसेकोले आज आदेश आउने सम्भावना रहेको छ ।

चूडामणि शर्माको मुद्दामा आज पूर्ण इजलासमा पहिलो पटक सनुवाई हुँदैछ । साउन ८ गतेको पूर्ण इजलासले विशेष अदालतबाट शर्माका विरुद्ध दायर भएको मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो । शर्माकी पत्नीले आफ्ना पतिलाई गैह्र कानूनी रुपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेकी थिइन । शर्माको मुद्दा सर्वोच्चका बरिष्ठ न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको इजजलासमा सुनुवाई हुँदैछ ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७४