१२ साउन, काठमाडौँ । भारत बिहारको मुख्यमन्त्रीबाट बुधबार राजीनामा दिएका नितिशकुमार बिहीबार फेरि मुख्यमन्त्री भएका छन । लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दलसँगको सहकार्य टुटेपछि बुधबार राजीनामा दिएका नितिशले बिहीबार नयाँ राजनीतिक गठबन्धनका तर्फबाट सरकार गठन गरे । नितिशले भारतीय जनता पार्टीसँग मिलेर सरकार गठन गरेका छन । बिहारको उपमुख्यमन्त्रीमा सुशीलकुमार मोदीले सपथ लिएका छन ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७४