१२ साउन, काठमाडौँ । सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सुनको भाउ बिहीबार तोलामा ५४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तीन सय घटेर तोलाको ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार चार सय रुपैयाँ बढेको हो । चाँदीको भाउ पनि १० रुपैयाँ बढेर तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७४