११ साउन, काठमाडौं । लोकतान्त्रिक फोरमले दुई मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देव र गोपाल दहिलको नाम बुझाएको हो । देव र दहित पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि मन्त्री थिए । देवले संस्कृति पर्यटन तथा नागरिक उड्डयन र दहितले भूमिसुधार मन्त्रालयको जिम्मेबारी पाउनेछन ।
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७४