१० साउन, काठमाडौँ । भारतको १४औं राष्ट्रपतिको रुपमा रामनाथ कोविंदले सपथ लिएका छन । सपथग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, पूर्व राष्ट्रपति प्रतिभा पाटिल, कांग्रेस अध्यक्ष सोनिया गान्धी, बिहारका मुख्यमन्त्री नीतिश कुमारलगायतका उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । राष्ट्रपति कोविंद राजघाट पुगेर महात्मा गान्धीको समाधीमा श्रदाञ्जली दिएर राष्ट्रपति भवन पुगेका थिए । उनलाई पूर्व राष्ट्रपति प्रणव मुखर्जीले फूलका गुच्छाले स्वागत गरेका थिए ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७४