९ साउन, काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले केन्द्रबाट प्रदेश र स्थानीय तहमा जाने कर्मचारीको एक तह बढुवा गरी पठाउनुपर्ने माग राखेका छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले कर्मचारीलाई प्रोत्साहन गर्न बढुवा गर्नुपर्ने बताउँदै सवारी चालक, हल्कारा, हुलाकी वनरक्षक, कार्यालय सहयोगीलगायत श्रेणीविहीन पदलाई पाँचौँ तहबाट छैटौँ तहमा बढुवा गर्न समेत माग गरे । हाल मस्यौदामा रहेको ‘सङ्घीय निजामती सेवा ऐन’ लाई ट्रेड युुनियनको अधिकार सुनिश्चित हुने गरी कर्मचारीमैत्री बनाउन तथा उमेरको ज्येष्ठता र रोजेको स्थानमा स्थानीय तहमा कर्मचारी खटाउन माग संगठनले माग गरेको छ । लामो समयदेखि अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई एक पटक लोक सेवा आयोगबाट स्थायी गर्न तथा महँगी बढेकाले पोशाकको रकम दोब्बर गर्न माग गरिएको छ । अहिले निजामती कर्मचारीलाई वार्षिक रु सात हजार ५०० दिँदै आएकामा रु १५ हजार माग गरिएको छ । यस्तै आव २०७४/०७५ को बजेट वक्तव्यबाट घोषणा भएको ‘राष्ट्रसेवक हाइड्रो’लाई तत्काल कार्यान्वयन गर्न पनि आग्रह गरिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७४