६ साउन, काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ इक्यानको ११ औ शैक्षिक मेलाको दोस्रो दिन शुक्रबार करिब ३३ हजार पाँच सय जनाले अबलोकन गरेका छन । विहिवारबाट राजधानीको भृकुटिमण्डपमा सञ्चालन भइरहेको मेलाका दोस्रो दिन आज बिधार्थी तथा अविभावकको उल्लेख्य सहभागीता रहेको छ ।

बिभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरुको समेत प्रत्यक्ष संलग्नता रहेको यो मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताहरुका स्टलहरु रहेका छन । मेलामा आउने बिधार्थी तथा तिनका अबिभावकले अनुभव प्राप्त परामर्शदाताहरुबाट प्रत्यक्ष रुपमा परामर्श प्राप्त गरेको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए ।

मेलामा सहभागीता जनाउनका लागी राजधानी काठमाण्डौ भित्र बस्ने मात्रै होइन देशभरका बिधार्थीहरु राजधानी पुगेका छन । मेलामा शुक्रबार बिहान १० बजे देखि बिद्यार्थी र तिनका अविभावकको घुइचो लागेको थियो । नेपाल बाट बिषेश गरि अष्ट्रेलिया, भारत, अमेरिका, बंगलादेश, श्रीलंका, न्युजील्याण्ड, बेलायत र युरोपका बिभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि जाने गर्छन र त्यहा जान चाहने बिधार्थीहरुलाई परामर्श दिने दाताहरुको एकिकृत केन्द्रका रुपमा यो मेला उपयोगी हुदै आइरहेको छ । मेला प्रत्येक दिन बिहान १० बजे देखि ५ सम्म सञ्चालन भइरहेको छ ।

आगामी ०८ गते सम्म चल्ने यो मेलाको दोश्रो दिन यसरी बिधार्थी तथा अविभावकको घुइचो लागेको हो । मेला अवलोकन गर्न आज बिधार्थी, तिनका अविभावकका अलावा बिभिन्न समाजसेवी र पत्रकारहरुको उल्लेख्य सहभागीता रहेको थियो । बिद्यार्थीले विभिन्न देशका भिसा पोलिसी, शिक्षण पद्धति, त्यहाँको शैक्षिक वातावरण, अध्ययन संस्थाको वारेमा जानकारी पाउन सक्नेछन् ।
.JPG)
मेलामा आधीकारीक इक्यान सदस्यहरुसंग विद्यार्थीहरुले परामर्श लिन पाउछन । बिद्यार्थीहरुको उत्साहजनक उपस्थीतिले नै यसबाट भरपुर लाभ पाउन सकेको स्पष्ट भएको बुझाई सुचना तथा सञ्चार विभागका प्रमुख उमेश ढुगेंलको रहेको छ । मेलालाई सभ्य र भब्य रुपमा सञ्चालन गर्नलाई मेला संयोजक, ब्यवस्थापक, सिंगो इक्यान कार्यसमिति तथा विभाग सदस्यहरुको भुमिकानै प्रमुख भएको उहांको विश्वास छ । यस इक्यान शैक्षिक मेला परिसर भित्र बल्ड डोनेशन र डेन्टल चेकअप कार्यक्रम पनि राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७४