६ साउन, काठमाडौँ । दक्षिण कोरियाले उत्तर कोरियासँग राखेको सैन्य वार्ताको प्रस्तावको जवाफ दिन उत्तर कोरियासँग शुक्रबार पुनः आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।गतहप्ता दक्षिण कोरियाले उत्तरसँग वार्ताको प्रस्ताव राखेको थियो । तर सो प्रस्तावप्रति उत्तरको कुनै जवाफ आएको छैन । उक्त जवाफ नपठाएकोले दक्षिणले आज सो आग्रह गरेको हो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग सैनिक सम्बन्धमा वार्ताका लागि गएको सोमबार वार्ताको प्रस्ताव गरेको थियो । तर सो प्रस्तावपछि शुक्रबारसम्म पनि यस विषयमा कुनै प्रतिक्रिया आएको छैन । दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता मुन सान च्युनलले भने– कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कम गर्नुपर्ने र शान्तिको लागि पहल थाल्नुपर्ने अत्यावश्यक भएकोले हामीले सो वार्ताको प्रस्ताव पठाएका हौँ । सन् २०१५ को अक्टोबरपछि यी दुई देशबीच आपसी औपचारिक वार्ता भएको छैन । त्यसैगरी यी दुवै देशका तर्फबाट परिवारहरूको पुनर्मिलन पनि त्यसयता भएको छैन । कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यसलगत्तै यी दुवै देशका ६० हजारभन्दा बढीको सङ्ख्याका नागरिक अलग भएर बसेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७४